नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बाट मन्त्री छान्नै सकस – Nagarikabhiyan : National News

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बाट मन्त्री छान्नै सकस

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित् भएको छ । आज दिउँसो बस्ने भनिएको बैठक अचानक स्थगित् गरिएको हो । आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भनिएको थियो ।\

तर, मन्त्री बन्ने आकांक्षीहरु धेरै भएकोले अध्यक्ष पुष्पकमल दाहालले बैठक स्थगित् गरेका हुन् । माओवादी केन्द्रबाट सरकारको नेतृत्वमा गरेर जाने भन्दै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र हरिबोल गजुरेलले दाबी गरेका छन् । तर, अध्यक्ष दाहालले भने कसलाई नेतृत्व दिएर पठाउने भन्नेबारे निर्णय लिन सकेका छैनन् ।