छिन्नमस्ता मन्दिरको मुकुट चाेरी
१७ श्रावण २०७८, आईतवार २२:०८
राजविराज । आइतवार साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मंदिर भित्र रहेको मुर्तीको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ ।
साँझ करिब ७ बजे ३० मिनेटमा छिन्नमस्ता भगवती मंदिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ ।
साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।
यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने ब्यक्तिको खोजी गर्नको लागि तीव्र रुपमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
साथै चोरी भएको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया