मंगलबार चीनले बीडीएस-३ भूउपग्रह प्रक्षेपण गर्दै
१ असार २०७७, सोमबार १८:२७
काठमाडौं । चीनले मंगलबार बीडीएस-३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।
बेडाउन नेभिगेसन सेटेलाइट सिस्टम बीडीएसमा आधारित भूउपग्रह मंगलबार स्थानीय समय अनुसार १० बजेर ११ मिनेटदेखि १० बजेर ५० मिनेट भित्र अन्तरिक्षमा पठाइसकिने जनाएको छ ।
लङ मार्च-थ्रीबी रकेटले यस भूउपग्रहलाई अन्तरिक्षमा पुर्याउनेछ । बीडीएस प्रणाली जीपीएस, ग्लोनास जस्तै प्रणाली हो । यसबाट विश्वका मानिसहरुलाई विभिन्न क्षेत्रको समय, स्थिती तथा गतिविधिको जानकारी हुन्छ ।
यस भूउपग्रहले विभिन्न क्षेत्रका समय, स्थितीको बारेमा सूचना संकलन गर्दछ । हालको भूउपग्रहले सूचना संकलनमा धेरै सहयोग पुर्याउने अपेक्षा गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया