कोरोना अपडेटः काठमाडौं उपत्यकामा पनि थपिए ५ जना संक्रमित – Nagarikabhiyan : National News

कोरोना अपडेटः काठमाडौं उपत्यकामा पनि थपिए ५ जना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पनि थप ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

देशमा सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै देशमा कोरोना भाइरस संक्रमितको संख्या ६  हजार २११ पुगेको छ ।