राजविराजमा बन्द रहेको पिसिआर परीक्षण पुन : सुचारु
१३ श्रावण २०७८, बुधबार १९:३६
राजविराज । राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा मंगलबारदेखि बन्द रहेको पिसिआर परिक्षण आजदेखि पुनः सुचारु भएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.रणजीत कुमार झाका अनुसार पिसिआर मेसिनमा प्राबिधिक समान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाईरसको स्वाब परिक्षण फेरी पुनः सुचारु भएको उहाँले जानकारी दिनुभयो ।
दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । सोही अनुरुप जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण बढ्दो क्रममा देखिएकोले परीक्षणको दायरा समेत बढाउनुपर्ने आवश्यकता रहेको डा झाले बताउनुभयो ।
कोरोनाबाट एक महिलाको मृत्यु
कोरोन संक्रमणका कारण सप्तरीमा एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ । गत असार ३१ गते संक्रमण देखिएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५६ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया