हाम्रो बबिया राम्रो बबिया अभियान सुरु – Nagarikabhiyan : National News

हाम्रो बबिया राम्रो बबिया अभियान सुरु

सुनसरी सदरमुकाम इनरुवा बबिया क्षेत्रमा स्थानीयहरुले स्वतस्फूर्त रुपमा सरसफाई र फुल सहित फुलबारी लगाउन सुरु गरेका छन् ।सोमबार मात्रै इनरुवाका नगर प्रमुख राजन मेहता समेतको उपस्थितीमा अभियानको दोस्रो दिन सरसफाई र विभिन्न प्रजातीको फुल रोपेका छन् । हालै गठन भएको बबिया टोल विकास समितिको अगुवाइमा बबियावासी भेला भइ सरसफाइ तथा फूल रोपण कार्य गरेको कार्यक्रम संचालक रमेन्द्र कोईरालाले जानकारी दिनुभएको छ । कोईरालाका अनुसार यसमा इनरुवा नपाका मेयर राजन मेहता ज्यूले सक्दो सहयोग गर्ने वचनवद्धता दिनुभएको छ । बबियामा दोस्रो दिनको अभियानमा इनरुवा –९ बबियाको पूल (चलनचल्तीमा ) देखि बीपी चोकसम्म ७० फिटको बाटोमा फूल, बत्ती, सफाइ आदि कार्यले “स्मार्ट सिटि “ को धारणामा समाहित हुने देखिएको छ । पहिलो दिन रामकुमार यादवको घरमा सामान्य छलफल गरेपछि जनचेतनाको लागि साउन ७ गते स्वस्फूर्त घर दैलो अभियान गरेको थियो । त्यसमा साउन गतेको निष्कर्ष अनुसार बिहान ७.३० बजे शनिबार बिन्देश्वरी साहुको घरमा घर धुरी छलफल गर्ने भएको थियो । सरसफाइ ,फूल रोपण, पोल बत्ती आदि कार्यका लागि ९ नम्बर वार्ड अध्यक्ष बसिरमुद्दिन मन्सुरीको अध्यक्षतामा भएको आम छलफलका क्रममा केही निर्णयहरू गरेको थियो । निर्णय अनुसार “ बबिया टोल विकास समिति “ नाम राखिएको र समितिमा कार्यकारिणी समिति अध्यक्ष राजेन्द्र श्रेष्ठलाई बनाएको थियो । उपाध्यक्षमा रमेन्द्र कोइराला, सचिवमा रामकुमार यादव, कोषाध्यक्षमा बिन्देश्वर साह र सहसचिव छेदी मेहतालाई चयन गरेको थियो । समितिको सदस्यहरुमा नथुनी सुब्बा, रिता शर्मा, ललितादेबी यादव, श्याम मेहता, नसिर अन्सारी, रामदेव शर्मा, गणेश गुरागाई, बिजुली साह रहेका छन् । त्यसैगरी सल्लाहकार समितिमा चन्द्रमोहन शर्मा, राजकुमार फुयाल, अशोक श्रेष्ठ, बिनोद खनाल , प्रभु पराजुली, महेन्द्र पोदार, बिमल भुजेल रहेका छन् । त्यसैगरी अनुगमन समितिमा इनरुवा ९ का वडा अध्यक्ष बसिरमुद्दिन मन्सुरी, प्रध्यापक प्रकाश नेपाली, पूर्व गाविस अध्यक्ष हबिब मन्सुरी र नेपाली काग्रेंसका जिल्ला उपसभापति सन्जय श्रेष्ठ , समावसेवी सुन्दर श्रेष्ठ, अन्जन श्रेष्ठ, भाइराजा फुयाल,श्यामानन्द पाठक, सन्तोष अधिकारी लगायतका छन् ।