सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त
१० श्रावण २०७८, आईतवार १५:५६
काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
श्रेष्ठ ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका संस्थापक अध्यक्ष हुन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया