पर्वत पहिरो अपडेटः पहिरोमा पुरिएका आठ जनाको शव भेटियो, एक जना अझै वेपत्ता
३२ जेष्ठ २०७७, आईतवार २१:०१
पर्वत । कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा नौ जना बेपत्ता भएका थिए । शनिबार रातिको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो । भने एक जना अझै वेपत्ता रहेको जनाइएको छ ।
पहिरोमा पुरिएका तुलबहादुर थापा, नीलकुमारी थापा, दीपा थापा, विविशा थापा, विवेक थापा, सम्राट थापा, कमला विक, प्रमिसा विकको शव भेटिएको भेटिएको र बेपत्ता भनिएका कमला विकका छोरा जेनिस विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया