अब पशुलाई पनि अवकाश, अवकाश गृहमा यस्तो व्यवस्था – Nagarikabhiyan : National News

अब पशुलाई पनि अवकाश, अवकाश गृहमा यस्तो व्यवस्था

एजेन्सी । हामी कहाँ मानिसले जागिर छोडेपछि उसको अवकाश जीवन कस्तो होला ? तपाईहरुले हाम्रा अग्रजहरुलाई देख्नुभएकै छ । जीवनको उर्जाशील जीवनमा विभिन्न पेशा व्यवसायमा सम्लग्नहरु आफ्नो अवकाश जीवन कतिले त सामाजिक कार्यहरुमा आफूलाई व्यस्त बनाएका हुन्छन् भने कतिको समय काट्न पनि गाह्रो हुने गरेको छ । अवकाश प्राप्त व्यक्ति आफ्नो पेन्सन वा बृद्ध भत्ताले जीवन निर्वाह गर्ने गरेका छन् ।

तर यहाँ हामी पशुहरुको अवकाश जीवनका बारेमा कुरा गरिरहेका छौं । जर्मनीमा पशुहरुको अवकाशका लागि अवकाश गोठ बनाइएको छ । त्यहाँ रहने पशुहरुले मासु र दुध दिनुपर्दैन । पालिएका जनावरले मात्र खाएर आरामले बसिदिए पुग्छ ।

त्यसप्रकारका गोठहरुमा प्राकृतिक वातावरणका लागि गाई, घोडा, कुकुर, कुखुरा हाँस लगायतका घरपालुवा जनवार राखिएको हुन्छ । यहाँ घरपालुवा पशु स्वतन्त्र हुन्छन् । ती एक अर्कामा खेल्ने कुद्ने गर्दछन् । यस्ता अवकाश गोठहरु क्यारेन मक र उनका साथी जोन गेरडेसले सञ्चालन गरेका छन् ।

पहिले दुध र मासुका लागि पाल्ने र पछि ती पशु बुढा भएपछि धेरै मानिसहरुले तिनलाई मार्ने गरेको पाइएपछि आफूहरुले किनेर ती पशु ल्याएको उनीहरुले बताए ।

अवकाश गोठ झण्डै १ सय एकड जमिनमा फैलिएको छ । यहाँ पहिले डेरी फर्म थियो । त्यसकारण गाईहरुका लागि यो सुहाउँदो वातावरण रहेको छ ।

क्यासल युनिभर्सिटीका शोधकर्ताहरुले पछिल्ला वर्षहरुमा जर्मनीमा प्रतिव्यक्ति मात्र ५७ किलो मासु खाएका छन् । यो आँकडा सन् १९८९ पछि सबैभन्दा कम हो । जर्मनीमा ३२ वर्षमा शाकाहारी मानिसहरुको संख्या बढेर २० लाख पुगेको छ । जर्मनीमा शाकाहारी उत्पादनलाई प्रोत्साहक गर्ने गरिएको छ ।