समाचार राज कुन्द्रालाई चार दिन न्यायिक हिरासतमा पठाइयो
८ श्रावण २०७८, शुक्रबार १६:२२
काठमाडाैं । बलिउड कलाकार शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रालाई थप चार दिनका लागि न्यायिक हिरासत पठाइएकाे छ। मुम्बई प्रहरीले प्रहरीले ७ दिनसम्म न्यायिक हिरासतमा राख्ने अनुमति मागेपनि अदालतले चार दिन मात्रै दिएको हो। उनलाई २७ जुलाईसम्म न्यायिक हिरासतमा राखिनेछ । प्रहरीले थप अनुशन्धान गर्न बाँकी रहेको भन्दै न्यायिक हिरासतको माग गरेको थियो। उनले अनलाइन सट्टाबाजीसमेत गरेको आशंकामा थप अनुसन्धान बाँकी छ। साथै, कुन्द्रा पक्राउ परेपछि केही डाटा डिलिट भएको पाइएको र त्यसको रिकभरीका लागि समय माग गरिएको प्रहरीले जानकारी दिएकाे भारतीय सञ्चार माध्यमले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया