चीनबाट आज १० लाख डोज कोरोना खोप काठमाडौँ आइपुग्यो
७ श्रावण २०७८, बिहीबार १५:२०
काठमाडौं । चीनबाट आज (बिहीबार) १० लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । हिजो बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सी ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ ।
यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया