एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरू – Nagarikabhiyan : National News

एमाले नेपाल समूहको स्थायी कमिटी बैठक सुरू

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्थायी कमिटी बैठक सुरू भएको छ। काठमाडौंको शंखमुलमा सुरू बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र पार्टी एकीकरणको आगामी संभावनाबारे भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने विषयमा सहमति जुट्न नसकेपछि गत साउन ३ गते यता स्थायी कमिटी सदस्यहरू जुट्न सकेका थिएनन्।

बुधबार बैठकमा साउन ३ यताको राजनीतिक परिस्थिति र एमाले एकताकै विषयमा छलफल केन्द्रीत हुने एक स्थायी कमिटी सदस्यले बताए।बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका कार्यदल सदस्य रहेका स्थायी कमिटी सदस्यहरू पनि उपस्थित छन्।

अध्यक्ष केपी शर्मा ओलीले देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरूलाई कारवाही गर्ने बताइरहेका बेला बुधबारको छलफल त्यो विषयमा पनि केन्द्रीत हुने नेताहरूले बताएका छन्।