निशान छाप अब नयाँ नक्सामा – Nagarikabhiyan : National News

निशान छाप अब नयाँ नक्सामा

काठमाडौं । संविधान संशोधनसँगै नेपालको निशान छापमा अब नयाँ नक्सा अंकित हुने भएको छ ।
सरकारले संघीय संसदमा पेश गरेको संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भएपछि निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा अंकित गर्ने बाटो खुलेको हो ।

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पारित भएको छ । २ सय ७५ सांसदमध्ये २ सय ५८ जना संसदले मतदान गरेका थिए । योसँगै संशोधान विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो । साथै आइतबार बस्ने राष्ट्रियसभा बैठकबाट पनि अब विधेयक पारित हुने प्रवल सम्भावना देखिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको संविधान संशोधन विधेयक संघीय प्रतिनिधिसभाबाट पारित भएको छ । मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक २०७७) माथि दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री तुम्बाहाङ्फेको प्रस्तावपछि संसदमा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल भएको हो ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महता र उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, प्रनिधिसभा सदस्य दुर्गा पौडेल, राष्ट्रिय मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, नेकपाका महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की प्रकाशमान सिंह र नेकपाका गोकर्ण बिष्ट लगायतका सांसदहरुले धारणा राख्नु भएको छ ।

सांसदहरुको धारणपछि मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक २०७७) लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । मन्त्री तुम्बाहाङ्फेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्ष र विपक्षमा आफ्नो मत जाहेर गर्न सांसदहरुलाई रुलिङ गरे । लाई वणर्ननुक्रम अनुसार राखिएको नाममा मत दिन आग्रह गरेका थिए ।सभामुखको रुलिङपछि संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो ।