देवानगञ्ज गाउँपालिकाले लाखौँ खर्च गरेर किनेको जेरेनेटर र सोलार प्रयोग विहिन, सेवा ग्राहीलाई सास्ती
४ श्रावण २०७८, सोमबार १८:१२
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यालयमा बिधुत र प्रविधि कमसल भएकाले सेवाग्राही मारमा परेका छन् । लाईन नहुदाँ जेरेनेटर चलाउने भन्दै लाखौको लगानी गरेको भएपनि जेरेनेटर (सोलार) समेत संचालन नहुदाँ गाउँपालिकाको सेवा नै अवरोध हुने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन ।
देवानगञ्ज गाउँपालिकामा लाखौ खर्च गरेर खरिद गरिएको सोलार ४ वर्ष नवितदै प्रयोग बिहिन भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । गाउँपालिकाले खरिद गरेको जेरेनेटर पनि अहिले बिग्रिएको अवस्थामा रहेको छ । गाउँपालिकामा सोमबार मात्र एउटा सिफारीस लिन गएका नगरिक अभियान अनलाइनका प्रतिनिधिले एउटा सिफारीसको लागि चार घण्टासम्म कुरुनु परेको गुनासो बाहिर आएको छ ।
गाउँपालिकामा अहिले बिधुत लाइन गएपछि गाउँपालिकाको सबै सेवा नै अवरोध हुने गरेको बताइएको छ ।विगतमा कमिसनको चक्करमा गुणस्तरहिन सोलार र जेनेरेटर खरिद गरेकाले गाउँपालिकाको काम प्रभावीत भएको हो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र जनप्रतिनिधिको मिलोमतोमा ठूलो रकमको चलखेल गरि गुण्स्तरहिन सोलार खरिद गर्दा अहिले यो अवस्था आएको स्थानीय नेकपा एमालेका यूवा नेता रबिन्द्र यादवको आरोप छ । यादवले काम भन्दा कागजी घोडा दौडाउने प्रवृतिले सेवाग्राही मारमा परेको बताउनुभयो । गाउँपालिकामा नागरिकमैत्री काम नभएको समेत यादवको भनाइ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया