देउवा-मोदी टेलिफोन वार्ता, चाँडै खोप आउने आश्वासन
४ श्रावण २०७८, सोमबार १६:०१
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ ।
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमार्फत कुरा भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिएका छन् ।
उनले संवादका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीले कोभिडविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको र मोदीले छिटै खोप उपलब्ध गराउने आश्वासन दिएको समेत जानकारी गराएका छन् ।
मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा आफूलाई बधाई दिएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया