संसद भवनमा ओलीको प्रवेश, देउवालाई हात मिलाएर दिए बधाई
३ श्रावण २०७८, आईतवार २१:४६
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रतिनिधिसभाको बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भर्खर प्रवेश गरेका छन् ।
उनले प्रधानमन्त्री देउवालाई हात मिलाएर बधाई र शुभकामना दिएका छन्।
प्रधानमन्त्री देउवाले संसदमा आइतबार राति विश्वासको मत लिँदैछन्। नेपाल पक्षका १५ सांसदहरु पक्ष वा विपक्षमा मत नदिने निर्णय गरी संसद भवनबाट बाहिरिएका छन्।
जनता समाजवादी पार्टीका दुवै समूहले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले देउवाले विश्वासको मत पाउने निश्चित छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया