काठमाडौँको भोटेवहालबाट तास खेलिरहेको १२ जना पक्राउ – Nagarikabhiyan : National News

काठमाडौँको भोटेवहालबाट तास खेलिरहेको १२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२१ भोटेवहालबाट १२ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

शनिबार भोटेवहालस्थित राजकुमार नगरकोटीले कोठाभित्र जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेलिरहेका उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार ५ सय रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

पक्राउ गरेको उनीहरूको थप अनुसन्धान भइरहेको छ ।