प्रदेश–२ सरकारमा माओवादी केन्द्र पनि सामेल, २ मन्त्रीले लिए सपथ
२ श्रावण २०७८, शनिबार १९:११
जनकपुरधाम । प्रदेश–२ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । प्रदेश नम्बर–२ मा नेकपा माओवादी केन्द्रबाट दुई प्रदेशसभा सदस्यले मन्त्री पदको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुख डा. राजेश झा अहिराजले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्री र मुख्यमन्त्री लालबाबु राउतले रूवी कर्णलाई राज्यमन्त्रीको शपथ खुवाएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सामेल गराएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया