सामाजिक सञ्जालमा फैलिरहेको झुटा सूचनाकोले मानिसको ज्यान लियो : अमेरिकी राष्ट्रपति
२ श्रावण २०७८, शनिबार १७:०६
अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमा कोरोना सम्बन्धी झुटा सूचना फैलिरहेको बताएका छन् ।
बाइडेनले फेसबुक लगायत सामाजिक सञ्जालमा फैलिरहेका कोरोना सम्बन्धी झुटा सूचनाको कारणले मानिसहरूको ज्यान लिइरहेको बताएका छन्।
बीबीसीका अनुसार उनले झुटा सूचना नियन्त्रण गर्न फेसबुक असफल भएको पनि बताए । ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाब बढाउँदै गएको छ ।
यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अरु सामाजिक सञ्जालहरुले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया