बर्जुमा धानखेती ब्लक कार्यक्रममा आवद्ध किसानलाई कृषि औजार वितरण
३० असार २०७८, बुधबार १६:०५
बर्जु । सुनसरीको बर्जु गाउँपालिकामा धानखेती ब्लक कार्यक्रममा आवद्ध किसानलाई कृषि औजार कृषि ज्ञान केन्द्र सुनसरीले वर्जु गाउँपालिकोका किसानलाई ५० प्रतिसत अनुदानमा कृषि औजार वितरण गरेको छ । धानखेती ब्लक कार्यक्रममा आवद्ध बर्जु गाउँपालिका ६ चिमडीका किसानलाई कृषि औजार हस्तान्तरण गरेको हो ।
धानखेती ब्लक कार्यक्रममा आवद्ध किसानलाई कृषि औजारमा एउटा रोटाभेटर, एक थान थ्रेसर., १ कल्टी, ५० वटा स्प्रे मेसिन , ५० थान त्रीपाल, ५० किसान किटनाशक औसधि र एक थान हेरो हस्तान्तरण गरिएको जनाएको छ । चिमडीमा किसानलाई कृषि औजार कृषि ज्ञान केन्द्रका कृषि विकास अधिकृत योगेन्द्र प्रसाद यादव वर्जु ६ नम्बर वडा अध्यक्ष बिनोद कुमार चौधरीको उपस्थितीमा हस्तान्तरण गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया