देवानगञ्ज गाउँपालिकामा स्थलगत योजना अनुगमन – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकामा स्थलगत योजना अनुगमन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा मंगलबार पूर्वाधार विकास निर्माणको स्थलगत अनुगमन समपन्न भएको छ ।

देवानगञ्ज गाउँपालिका अन्तरगत ७ वटै वडामा भएका पूर्वाधार विकास निर्माणको स्थलगत अनुगमनमा बहुवर्षे योजना बहेक अधिकांश योजना समपन्न भएको हो ।

गाउँपालिकाको ७ वटै वडामा भएका विकास निर्माणको योजना अनुगमन गर्न संचारकर्मी सहित गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक पुनिता कुमारी यादव सहितका टोलीले विभिन्न १९ वटा ठुला योजनाहरुको अनुगमन गरेका छन् ।

विकास योजना, नीति, कार्यक्रम तथा आयोजनाको प्रभावकारी कार्यान्वयनमा अनुगमन तथा मूल्याङ्कनको महत्वपूर्ण भूमिका रह्ने उदेश्यका साथ एक दर्जन भन्दा बढी पत्रकारहरुको सहभागीतामा वडा स्तरीय, गाउँ स्तरीय, सासंद विकास कोषबाट संचालीत योजनाहरुको अनुगमन गरेका छन् ।

देवानगञ्ज गाउँपालिकाले विकास निर्माणमा गरिएको लगानीको प्रतिफल मापन गर्ने र सेवाग्राहीको जीवनस्तरमा त्यसले पारेको असर तथा प्रभाव आंकलन गरी उत्तर दायित्व र जवाफदेहिता प्रवद्र्धन गर्न उदेश्यले अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुराँगाईले बताए ।

प्रमुख प्रशासकीय अधिकृत गुराँगाईका अनुसार विगतका अनुभवबाट पाठ सिक्दै भावी नीति तथा कार्यक्रमलाई तथ्य परक र नतिजामुखी बनाउन चार वर्षको अवधिमा पहिलो पटक अनुगमन गरिएको बताए ।

कोरोना माहामारी समयमा सम्भवत विकास निर्माणका काम प्रभावित हुने शंका आम गाउँवासीमा हुदैँ आएकोमा यस वर्ष उपभोत्ता समिति मार्फत गरिएको विकास निर्माणको काम समयमैँ समपन्न भएको छ । भने केही ठुला योजनाहरुको काम बहुवर्षे योजना अन्तरगत भइरहेकोले आगामी आर्थिक वर्ष २०७८÷०७९ भित्र समपन्न हुने गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक यादवले जानकारी दिए ।

विकास निर्माणका योजना अनुगमन गर्न होमिएका उपाध्यक्ष तथा अनुगमन समितीकी संयोजक पुनिता कुमारी, प्रमुख प्रशासकीय अधिकृत गुराँगाई, लेखा अधिकृत इन्द्र श्रेष्ठ, सूचना प्रविधि अधिकृत जर्नादन मेहता सहित एक दर्जन भन्दा बढी पत्रकारहरुको सहभागीतामा विभिन्न १९ वटा योजनाको अनुगमन गरेको छ ।

देवानगञ्ज गाउँपालिका वार्ड नं. ५ स्थित अमरसिंह माध्यमिक विद्यालयमा ९८ लाख रुपैयाँको लागतमा भवन निर्माणको काम समपन्न गरेपनि केही काम मात्र बाँकी रहेको देखिएको छ । सोही माविमा १९ लाख ६७ हजार रुपैयाँको लाागतमा कम्पाउण्ड वाल निर्माण र शुद्ध खानेपानी आयोजनाको काम उपभोत्ता समिति मार्फत समपन्न गरेका छन् ।

देवानगञ्ज गाउँपालिका वार्ड नं. ४ मा बहुवर्षे योजना अन्तरगत दिनाभद्री आ.वि. मा २ कोठे भवन निमार्ण, दुर्गामन्दिर निमार्णको जारी रहेको छ ।

बहुवर्षे योजना अन्तरगत वार्ड नं. २ मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेकोे छ भने वार्ड नंं. ३ मा कृष्ण मा.वि. मा ८ कोठे भवन निर्माण, मोतिटापु जाने १२०० मिटर बाटो कालोपत्रेको काम निर्माधिन रहेको छ ।

त्यस्तै वार्ड नं.१ मा बहुवर्षे योजना अन्तरगत जनता मा.वि. मा ८ कोठे भवन निर्र्माण, प्रदेशको योजना वडा नं.१ सडक कालोपत्रेमा परेको छ ।

देवानगञ्ज गाउँपालिका वार्ड नं.७ मा अधुरो स्वास्थ्य चौकी भवन, बलराम यादवको घर देखि दक्षिण पश्चिम सडक आसिसि ढलान समपन्न भएको छ भने बहुवर्षे योजना अन्तरगत पक्की टोलमा १५०० मि. बाटो कालोपत्रेको काम जोया एण्ड ब्रोर्दश कम्पनीले निर्माण ठेक्का पाएका छन् ।

वार्ड नं. ६ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणको काम समपन्न भएको छ भने बजेट अभावका कारण घेराबेराको काम अधुरो रहेको छ । आउने आर्थिक वर्षमा काम समपन्न गरी स्वास्थ्य केन्द्र संचालन गर्ने र जनताको स्वास्थ्य सेवामा सहज बनाउने प्रमुख प्रशासकीय अधिकृत गुराँगाईले जानकारी दिए ।
वार्ड नं. २ मा ३ कोठे सटर भवन निर्माण, साह पण्डित ठेक्का वडा नं. २ कालोपत्रे, वार्ड नं. १ मा ४ कोठे सटर भवन निर्माण लगायतका काम समपन्न भएको छ ।