बेतेनी सिमसारको पोखरीमा डुबेर एक जनाको मृत्यु
२८ असार २०७८, सोमबार १४:१५
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ मा रहेको बेतेनी सिमसारको पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–३ का ५० वर्षीय आशबहादुर लिम्बू रहेका छन् ।
उनको आइतबारसाँझ पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्नलाई भनेर पोखरीमा छिरेपछि लिम्बू आइतबार दिउँसो ३:३० बजेतिर डुबेर वेपत्ता भएका थिए । घटनाको बारेमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया