नविकरण शुल्क छुटको माग गर्दै ज्ञापन पत्र – Nagarikabhiyan : National News

नविकरण शुल्क छुटको माग गर्दै ज्ञापन पत्र

सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा गठन भएको नेपाल प्रेस युनियन इनरुवा नगर कार्य समितिले पत्रकार महासंघको सदस्य नविकरण शुल्क छुटको माग गरेको छ । नेपाल पत्रकार महासघ केन्द्रीय समितिका केन्द्रिय सदस्य इकवाल अहमद, प्रदेश –१ का सचीव देवेन्द्र कार्की र सुनसरीका अध्यक्ष जनकऋषि राईलाई संयुत रुममा महासंघका सदस्यहरुको सदस्यता नविकरण शुल्क छुट गर्नुपर्ने माग सहित आईतबार ज्ञापन पत्र बुझाएको हो । इनरुवा नगर सभापति टोमराज मेहताले कोभीड १९ कारणले प्रभावित भएको पत्रकारहरुको सदस्यता नविकरण शुल्क छुटको माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको हो ।