बस र ट्रक एकआपसमा ठोकिंदा ११ जना घाईते
२४ असार २०७८, बिहीबार १५:२४
राजविराज । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुरमा आज बस र ट्रक एक आपसमा ठोकिंदा ११ जना घाईते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ जाादै गरेको लु. १ ख ७६२० नम्बरको बस र बिपरीत दिशाबाट आउादै गरेको ना. ३ ख ६८४५ नम्बरको ट्रक ठोकिंदा उक्त दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि मोरङ्गको रंगेली नगरपालिका ६ का ३२ बर्षीय रबिन कुमार सरदार, सोही ठाउाका २८ बर्षीय संतोष सरदार, बर्ष २५ का बिरेन सरदार गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
यस्तै बिराटनगर उपमाहा नगरपालिका का ३५ बर्षीय बिजय दास , सोही बसका चालक कपिलवस्तु बुद्ध भुमी गाउापालिका ३ का ३८ बर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका १३ बस्ने ३५ बर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गापा २ का युवराज पुल घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालक बारा जितपुर उपमाहानगरपालिका २ बस्ने बर्ष २९ को रोशन श्रेष्ठ र सोही ठाउाका ट्रकका सह–चालक बर्ष २५ का सुरज बुढाथोकी समेत उक्त दुर्घटनामा घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरुलाई तत्कालै प्रहरीले उद्धार गरि उपचारका लागि महुली पोलिक्लिनिक महुलीमा र गम्भिर घाइतेको बिराटनगरस्थित अस्पतालमा समेत पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । यता घटनाबार अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया