नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर : को-को अटाए ? – Nagarikabhiyan : National News

नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर : को-को अटाए ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरिएको छ। कूल ४३ सदस्यीय मन्त्रिपरिषदमा १५ जनालाई मन्त्री र २८ जना राज्यमन्त्री बनाइएको छ। यसलाई मन्त्रिपरिषदमा भएको ठूलो फेरबदल भनिएको छ।

विस्तार गरिएकामध्ये ३६ जना नयाँ छन्। त्यस्तै ७ जना राज्यमन्त्रीलाई मन्त्रीमा पदोन्नती गरिएको छ। नयाँ मन्त्रीको शपथ ग्रहणभन्दा केही घण्टा अगाडि मात्रै स्वास्थ्य, शिक्षा, पर्यावरण, सूचना लगायतका १२ मन्त्रीहरुलाई पदबाट हटाइएको थियो।

को-को बने मन्त्री ?

राजनाथ सिंह- रक्षा, अमित शाह- गृह तथा सहकारिता, नितिन गडकरी- परिवहन तथा राजमार्ग, निर्मला सीतारमण- वित्त तथा कार्पोरेट, नरेंद्र सिंह तोमर- कृषि, एस जयशंकर- विदेश मन्त्री, अर्जुन मुण्डा- आदिवासी, स्मृति ईरानी- महिला एवं बाल कल्याण, पीयूष गोयल- वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा, धर्मेन्द्र प्रधान- शिक्षा, उद्यम तथा कौशल विकास

प्रह्लाद जोशी- संसदीय मामिला, नारायण राणे- लघु, मध्यम तथा सूक्ष्म उद्योग, सर्बानंद सोनोवाल- पोर्ट, शिपिंग, जलमार्ग, मुख्तार अब्बास नकवी- अल्पसंख्यक, वीरेन्द्र कुमार- सामाजिक न्याय, गिरिराज सिंह- ग्रामीण विकास तथा पञ्चायती, ज्योतिरादित्य सिंधिया- नागरिक उड्डयन, आरसीपी सिंह- इस्पात, अश्विनी वैष्णव- रेलवे, सञ्चार तथा सूचना

पशुपति कुमार पारस- खाद्य, गजेन्द्र सिंह शेखावत- जलशक्ति, किरेन रिजिजू- न्याय तथा कानून, आरके सिंह- ऊर्जा, हरदीप सिंह पुरी- पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास, मनसुख माण्डविया- स्वास्थ्य तथा परिवार कल्याण, भूपेन्द्र यादव- पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजगार, महेन्द्र नाथ पाण्डे- भारी उद्योग

पुरुषोत्तम रुपाला- पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन, जी. किशन रेड्डी- पर्यटन एवं संस्कृति, अनुराग ठाकुर- खेल तथा युवा , लोकपाटी न्यूज बाट