भारतमा मोदीले मन्त्रिपरिषद् विस्तार गर्दै
२३ असार २०७८, बुधबार १६:३८
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ ६ बजे मन्त्रिपरिषद् विस्तार गर्दै छन्। आज ४३ जना मन्त्रीहरूले शपथ लिने छन्। ती मध्ये २४ नयाँ नामहरु फाइनल भएका छन्।
भास्कर दैनिकको अनुसार प्रधानमन्त्री मोदीले विस्तार गर्दा यहाँ मन्त्रीहरूको राजीनामा प्रक्रिया पनि सुरु भएको छ। भारतका केन्द्रीय स्वास्थ्य मंत्री हर्ष वर्धनले राजीनामा दिएका छन्। यस्तै भारतका शिक्षामन्त्री रमेश पोखरियाल निशंक, स्वास्थ्य राज्यमन्त्री अश्विनी चौधरी, महिला तथा बाल विकास मन्त्री देबोश्री चौधरी, उर्वरक र रसायन मन्त्री सदानन्द गौडा, श्रम राज्यमन्त्री सन्तोष गंगवार, शिक्षा राज्य मंत्री संजय धोत्रे, बाबुल सुप्रियो, प्रताप सारंगी र रतनलाल कटारियाले पनि राजीनामा दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया