प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा छलफल
२३ असार २०७८, बुधबार १३:५४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
शीतल निवास स्रोतका अनुसार उनले मंगलबार बिहान १० बजेदेखि करिब २ घण्टा भण्डारीसँग छलफल गरेका छन्।
संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया