भ्रष्टाचार गर्न पल्केको हरिनगर गाउँपालिका: तीन लाखको सडक १० मिनेटमै चैट !
२० असार २०७८, आईतवार १४:४७
हरिनगर । सुनसरीको हरिनगरा गाँउपालिका ४ स्थित वडा कार्यालय देखी बसन्तपुर जाने मोड सम्मको बाटो निर्माण गरिएको दुइदिनमै भत्किएको छ ।
तीन टिपर गिट्टी प्रयोग गरेर जनताको आँखामा छारो हाल्ने गरि निर्माण गरिएको सो बाटो बन्न नपाउदै भत्किएको छ । गाउँपालिका अनुसार उक्त बाटो ग्राभेलका लागि तीनलाख छुट्याइएको थियो । अहिले बाटो फेरि पुरानै अवस्थामा फर्केको छ भने सवारी साधन देखी पैदलयात्रीलाई समेत हिडडुल गर्न समस्या भएको छ ।
स्थानियकाअनुसार जम्मा तीन टिप्पर मात्र गिट्टी हालेर जनतालाई ठग्ने कार्य गाउँपालिकाबाट भएको छ । गिट्टी हालेको दश मिनेट बित्न नपाउँदै सवारीसाधनहरू फसेका थिए ।
गाउपाँलिका अध्यक्ष र सदस्यहरू मिलेर जनताको आँखामा छारो हाल्ने कामगरी बजेटमा अनियमितता गरेको एक स्थानियले आरोप लगाएका छन् ।
यता हरिनगर गाउँपालपका अध्यक्ष गफार अंसारी संग कुरा गर्दा तीन लाख वजेट छुट्टयाइएको र काम भइरअेकाे भने पनि साेहि वडाकाे वडा सदस्य राजेश पाल संग कुरा गर्दा चार लाख पचास हजार वजेट भएकाे प्रतिकृया दिएका छन् वडा सस्दय र गाउँपालिका अध्यक्षकाे फरक प्रतिकयाले जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त रहेकाे प्रष्ट हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया