भाेक्राहा नरसिंहमा बाढी सयाैँ घरपरिवार विस्थापित, राहत लिएर घरमा पुगे जनप्रतिनिधि – Nagarikabhiyan : National News

भाेक्राहा नरसिंहमा बाढी सयाैँ घरपरिवार विस्थापित, राहत लिएर घरमा पुगे जनप्रतिनिधि

इनरूवा । अविरल वर्षाका कारण सुनसरी खाेलामा आएको बाढीले भाेक्राहा नरसिंह गाउँपालिकाका सयाैँ घरपरिवारहरूलाई विस्थापित बनाएका छन् ।

बाढीका कारण विस्थापित बनाएका भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ का १ सय भन्दा बढी परिवारका घरमा राहत वितरण गरिएको छ । बाढीबाट भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ का १ सय ६ घरपरिवार विस्थापित बनेको वार्ड नं.४ का वडाध्यक्ष हारूण अंसारी जानकारी दिए ।

वडाध्यक्ष अंसारीका अनुसार भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४,५,७,र८ मा लगभग ५ सय भन्दा बढी घरपरिवार विस्थापित भएको बताए । बाढीले घरमा चुलो समेत बल्न नसकिने अवस्थामा पुगेपछि शनिबार बेलुका गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता सहितका टीम तत्काल राहत सामग्री भुजा, च्युरा र भुजिया सहित भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ का १ सय ६ घरमा वितरण गरिएको र बाँकी वडाहरूमा आइतवार विहानै वितरण गर्ने वडाध्यक्ष अंसारीले बताए।

यता वर्षाैनी सुनसरी खाेलामा आएको बाढीका कारण सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४,५,७ र ८ सहित ७ सय भन्दा बढी घरपरिवार विस्थापित बन्नुकाे साथै बालबालिका विचल्लीमा परेको बताए । भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ का १ सय ६ घर मा राहत वितरण गरिएको छ भने वार्ड नं.५ का राम बस्तीका १ सय ३५ घर, वार्ड नं.७ का २ सय ४५ घर र वार्ड नं.८ का १ सय २९ घर परिवार विस्थापित बनेकाे स्थानीय विरेन्द्र यादवले जानकारी दिए । स्थानीय यादवका अनुसार भाेक्राहा नरसिंह गाउँपालिका जनता डुवानमा पर्दा न त जनप्रतिनिधि हेर्ने आएको छ न त राहत नै पठाएको छ । शनिबार साँझ सम्ममा भाेक्राहा नरसिंह गाउँपालिका वार्ड नं.४ मा मात्र राहत वितरण गर्न भ्याएका छन् भने बाँकी वडामा राहत वितरण नहुँदा विस्थापित परिवार भाेकै बस्न बाध्य बनेकाे बताए ।