जेगिनियामा राहत बितरण – Nagarikabhiyan : National News

जेगिनियामा राहत बितरण

राजविराज । कोरोना माहामारीबाट पिडित रहेका हनुमानगर कंकालिनी नगरपालिकाको जोगिनियाका अतिबिपन्न परिवारलाई शनिवार यहा राहत बितरण गरिएको छ ।

नेपाल बसोवास बस्ति संरक्षण समाज र कुशवाहा राहत संकलन तथा बितरण महाअभियान कार्यक्रम अन्र्तगत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. ५ र ७ मा रहेका अतिविपन्न घरपरिवारलाई सो रहत बितरण गरिएको हो ।

कुशवाहा राहत संकलन तथा बितरण महाअभियान तथा समाजिक अभियन्ता मनोज कुमार मेहताको नेतृत्वमा आज दोश्रो चरणमा करिब २६ जना अतिबिपन्न परिवारलाई चामल, दाल, नुंन, खानेतेल, बिसक्ट्स र स्वस्थ सामग्रीमा मास्क र सनीइटाइजर लगायतका सामग्रीहरु बितरण गरिएको छ । नेपाल बसोवास बस्ति संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको उपस्थितमा सो राहत बितरण गरिएको थियो ।

यसअघि पहिलो चरणमा १५ जना अतिबिपन्न परिवारलाई राहत बितराण गरेका थिए । अगामी दिनमा अन्य नगरपालिका र गाउापालिकामा रहेको अतिबिपन्न घरपरिवारको नामाबली संकलन गरि राहत बितरण गरिने छ ।