बैठकमा बामदेवलाई ओली गरे स्वागत, भने- फेरि आयो, गयो नहोस्
१८ असार २०७८, शुक्रबार १३:४६
काठमाडौं । नेकपा एमालेले बोलाएको १३ औँ केन्द्रीय कमिटि बैठकमा सहभागि हुनुभएका नेता वामदेव गौतमलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ ।
स्वागत गर्दै ओलीले नेता गौतमलाई बैठकमा निरन्तर आउन आग्रह गर्नुभयो । बैठकमा स्वागत गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस् ।’
नेकपा एमाले ब्युँतिएपछि पहिलोपटक बैठकमा गएका गौतमलाई ओलीले यस्तो व्यङ्ग्य गर्नुभएको हो ।
गौतम नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताएपछि उनी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षका कार्यक्रममा अनुपस्थित रहँदै आउनुभएको थियो । आजको बैठकको लागि भने उपाध्यक्षको हेीसयतमा पत्र आएको कारण आफू सहभागि भएको उहाँको दाबी छ । ज्योति न्यूजबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया