भारतबाट तस्करी गरेर ल्याएको ७० बोरा चिनी विराटनगरबाट बरामद – Nagarikabhiyan : National News

भारतबाट तस्करी गरेर ल्याएको ७० बोरा चिनी विराटनगरबाट बरामद

देवानगंज ।  भारत देखि अवैधरुपमा तस्करी गरेर ल्याएको ७० बोरा चिनी सहित ट्रक र सवारी चालकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको टोलीले आज (बिहीबार) दिउँसो चिनी बोकेको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

पन्तको टोलीले विराटनगर ६ ब्रम्हापुरादेखि अवैध रुपमा भित्राएको चिनी सहित को १ ख २१२९ नम्बरको मिनी ट्रक र सुनसरी देवानगंज  गाँउपालिका २ का सवारी चालक राजेश कुमार खत्वीलाई नियन्त्रमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले जानकारी दिनु भएको छ । चालक खत्वेले विराटनगरको भट्टीमोडसम्म पु¥याउने जिम्मा लिएको खुलेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको सवारी देवानगंज २ का विसनदेव मेहताको भएको खुलेको छ । भारत देखि तस्करी गरेर आएको चिनी सुनसरीको अमरडुवामा ल्याएर राखिएको र भंसार छली अवैधरुपमा विराटनगर ल्याउदै गरेको भन्ने सुचनाको आधारमा सशस्त्र प्रह्रीले ब्रम्हापुरादेखी पक्राउ गरेको हो । यसरी तस्करी गरेर ल्याइएको चिनी विराटनगरसहित पुर्वका विभिन्न सहरमा विक्री गर्ने गरेको पाइएको छ ।

प्रहरीले बरामद गरेको चिनी २ लाख १० हजार मुल्य बराबरको रहेको छ । बरामद चिनी बिओपी बखरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।