प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा – Nagarikabhiyan : National News

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेखि ११ बजेर २० मिनेटसम्म ओलीले भण्डारीसँग छलफल गर्नुभएको हो ।

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला उहाँहरुबीच छलफल भएको हो।