सुनसरीमा भाेली देखि जाेरबेजाेर प्रणालीबाट सबारी साधन चलाउन पाउने । – Nagarikabhiyan : National News

सुनसरीमा भाेली देखि जाेरबेजाेर प्रणालीबाट सबारी साधन चलाउन पाउने ।

देवानगञ्ज । सुनसरीमा थप एक हप्ताका लागि निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरीकाे साेमबार बसेकाे बैठक अनुसार जिल्लामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाे अध्यक्षतामा बसेकाे बैठकले एक सता निषेधाज्ञा थप्पदै आगामी असार २२ गते सम्म लम्बाइएकाे हाे ।

यसअघि प्रशासनले १४ गते राति सम्मका लागि निषेधाज्ञा थपेकाे थियाे । प्रशासनले जिल्लाभर निजी सवारी साधन जाेरबेजाेर प्रणालीमा सञ्चालन गर्न समेत निर्णय गरेकाे छ ।

प्रशासनकाे निर्णय अनुसार अबदेखि खाध्यान्न , फलफुल , तरकारी , दूध डेरी , माछामासु पसल १० बजे देखि दिउँसो ४ बजेसम्म खाेल्न पाईनेछ । यस्तै कृषि , थाेक बजार भने बिहान ४ देखि बिहान १० बजे सम्म सञ्चालन गर्न पाईनेछ ।