१६ गते बोलाइएको ‘अवैध’ महाधिवेशन कमिटि बैठकमा नेपाल समूह नजाने – Nagarikabhiyan : National News

१६ गते बोलाइएको ‘अवैध’ महाधिवेशन कमिटि बैठकमा नेपाल समूह नजाने

काठमाडौँ । नेकपा एमालेको विहान बसेको स्थायी कमिटि बैठकले गरेको निर्णयानुसार १६ असारमा बोलाइएको महाधिवेशन आयोजक कमिटिको बैठकमा एमालेको माधव कुमार नेपाल समूह सहभागि नहुने भएको छ ।

आइतवारको बैठकले सर्वाेच्च अदालतले अवैध भनेको महाधिवेशन आयोजक कमिटिकै बैठक बोलाउने निर्णय भएको हो । तर नेपाल समूह भने जेठ २ को अडानमा फर्कन ओली पक्ष नचाहेको भन्दै सो बैठकमा सहभागि नहुने बताएको होे ।

असन्तुष्ट पक्षकी नेत्री तथा वाग्मती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले आयोजक कमिटीलाई सर्वोच्चले नै मान्यता नदिएको अवस्थामा त्यस्तो कमिटीको बैठक बोलाउनुको औचित्य नरहेको भन्दै सो बैठकमा नजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आयोजक कमिटीको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला सोही कमिटीको बैठक बोलाउनु भनेको उहाँ एमाले एकता चाहानुहुन्न भन्ने थप प्रस्ट भयो, हामी त्यो बैठकमा जाने त कुरै हुदैन ।’

उहाँले अघि भन्नुभयो, ‘ओली अझैपनि एकलौटी र मनपरी गर्दैछन्, हामी त्यो बैठकमा जाँदैनौ’, शाक्यले भनिन्‘हामीले जेठ २ गतेको अवस्थामा पार्टी बैठक बोलाउनुपर्छ भनेर भनिरहेका छौ यदि त्यो हिसाबको बैठक बोलाइयो भने त्यसमा सोच्न सकिन्छ होइन यसैगरी हिँड्न खोज्ने हो भने त कसरी हुन्छ र ?’

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एकतालाई मान्यता नदिएपछि एमाले र माओवादी एकताअघिको अवस्थामा फर्काइदिएको थियो । त्यसपछि प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफुपक्षीय केही नेताहरुलाई राखेर एमाले केन्द्रीयज्योतिन्यूजमा छ । समिति बैठकका नाममा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गरेर दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुका साथै नेताहरुको जिम्मेवारी समेत खोस्नुभएको थियो । सोही दिनदेखी एमालेको नेपाल पक्ष आन्दोलनमा छ ।