रिट निवेदक तर्फका २९ जनाको बहस आज, तोकियो ३ देखि ३० मिनेटको समय
११ असार २०७८, शुक्रबार ११:४०
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी सुनुवाइको क्रममा शुक्रबार रिट निवेदक पक्षका २९ कानुन व्यवसायीले बहसका लगि ३ देखि ३० मिनेटको समय पाउने भएका छन् ।
रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो ।वरिष्ठ अधिवक्ताद्वय कृष्णप्रसाद भण्डारी र सतिषकृष्ण खरेलले सबैभन्दा बढी ३०-३० मिनेट समय पाएका छन् । त्यस्तै पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका लागि २५ मिनेट समय निर्धारण गरिएको छ ।
वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा. भीमार्जुन आचार्यलाई २०-२० मिनेट तथा अधिवक्ता टीकाराम भट्टराईलाई १५ मिनेट समय छुट्याइएको छ । आइतबारदेखि सरकारी पक्षको बहस सुरु हुनेछ ।
विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया