इनरुवा नगरपालिकाको ६९ करोडको बजेट सार्वजानिक
१० असार २०७८, बिहीबार १९:५५
इनरुवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि ६९ करोड ९५ लाख ५२ हजार रुपियाँ बराबरको अनुमानित बजेट ल्याएको छ । नगरपालिकाकी उपप्रमुख जमुनादेवी गौतम पोखरेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुहुदै स्वास्थ्य र शिक्षालाई प्राथम्किता राखेर बजेट ल्याएको बताउनुभयो । इनरुवा नगरपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रम सार्वजानिक गर्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेको जनाएको छ । मूख्य ३० वटा शिर्षकमा आफ्नो नीति तथा कार्यक्रमको संक्षिप्त विवरण नगर सभामा प्रस्तुत गर्दै ६९ करोडको बजेट सार्वजानिक गरेको हो । गत वर्ष भने इनरुवा नगरपालिकाले १ अर्व २८ करोडको बजेट घोषणा गरेकोमा कोभिड १९ का कारण यस वर्ष ५९ करोड कम बजेट ल्याएको हो ।
नगर उपप्रमुख गौतमले प्रस्तुत गर्नुभएको बजेट नीति तथा कार्यक्रममा ४ वर्षको अवधिमा गरेको कामबाट सिकेको सिकाईलाई उपलब्धीको रुपमा लिदैँ स्मार्ट सिटीको मान्यतालाई साकार पार्ने , कोरोनाबाट प्रभावित भई विदेशबाट फर्किएका युवाहरुलाई प्रोत्साहन गर्न स्वरोजगारका कार्यक्रम, युवा व्यावसायीहरुको व्यावसायीको प्रकृति हेरी शुन्य ब्याजदरमा ऋण उपल्ब्ध गराउने लगायतका महत्वकांक्षी योजना समेत समेटीएको छ ।
त्यसैगरी कृषि उपजलाई आधुनिकरण गर्दै बजारको मागलाई पूर्ति गर्न कृषकलाई लागत साझेदारीमा अनुदान दिने , शिक्षित बेरोजगारलाई कृषि पेशामा आक्रर्षित गर्न आवश्यक बजेट विनियोेजन गरिएको छ । त्यस्तै शैक्षिक क्षेत्रमा पारेको प्रभावलाई न्युनिकरण गरि बालवालिकाहरुको निरन्तर सिकाय सहजीकरणको लागि सामुदायीक विद्यालय र सार्वजानिक स्थलहरुमा फ्री वाईफाई जडान गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

शिक्षामा दलित, सिमान्कृत, जनजाती र विपन्न परिवारका सामुदायीक विद्यालयबाट आधारभुत शिक्षा उत्तिर्ण भएका छात्राहरुलाई प्रोत्साहन गर्न एक।एक थान साइकल वितरण गर्ने कार्यक्रम समावेश गरिएको छ ।
महिला तथा किशोरीलाई उच्च शिक्षाका लागि उच्च शिक्षा परियोजना संचालन गर्ने , प्रविधि मैत्री विद्यालयको रुपमा विकास गर्न त्रिभुवन माविमा प्रविधिक शिक्षा संचालन र भगवति माविमा कक्षा ११ को शिक्षा दिने गरी कक्षा संचालन सहजीकरण गर्न बजेट विनियोजन गरिएको छ ।
त्यस्तै नगर क्षेत्रका बालबिकास केन्द्रको सुदृढी
कारणका लागि बजेज विनियोजन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया