‘राष्ट्रपतिमा प्रधानमन्त्रीमा ओली बाहेक कोही हुन सक्दैनन् भन्ने सोँच देखियो’ – Nagarikabhiyan : National News

‘राष्ट्रपतिमा प्रधानमन्त्रीमा ओली बाहेक कोही हुन सक्दैनन् भन्ने सोँच देखियो’

काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीमा प्रधानमन्त्रीमा केपी ओलीबाहेक अरु कोही पन बन्न पाउँदैनन भन्नेखालको भाव रहेको बताउनुभएको छ ।

राष्ट्रपतिमा ओलीमोह देखिएको भन्दै उहाँले भन्नुभयो, राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ। विद्यादेवी भण्डारी ओलीको मात्र होइन। ३ करोड नेपालीको राष्ट्रपति हो ।

प्रतिनिधि सभा विघटन मुद्दामा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका बहस गर्ने क्रममा उहाँले महाभारतमा धृतराष्ट्रमा पुत्र मोह देखिएजस्तै राष्ट्रपति भण्डारीमा ओलीमोह देखिएको बताउनुभयो ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन सिफारिस गर्नेबित्तिकै राष्ट्रपतिले एक मिनेट पनि नरोकेर हतार हतार जारी गर्नुको कारण के हो भनेर दाहालले प्रश्न उठाउनुभयो ।

उहाँले राष्ट्रपति कार्यालयले मुद्दा लाग्दैन भनेर दाबी गर्न निमल्ने पनि बताउनुभयो । दाहालअघि बहस गरेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि यही तर्क गर्नुभएको थियो । रेका थिए। ज्योतिन्यूज