प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले स्वत पदमुक्त गरिदिनु पर्ने : वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की
९ असार २०७८, बुधबार १४:२८
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि भइरहेको सुनुवाइको क्रममा काँग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले स्वत पदमुक्त गरिदिनु पर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध बुधबारबाट सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुरु भएको बहसमा वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘राजनीतिक नैतिकता नहुने, विश्वासको मत नपाएपछि पनि अर्को सरकार बन्न अवरोध गर्ने, के गर्या हो यो ?’
संसदको विश्वास गुमाएपछि एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्न नहुने बताउँदै उहाँले भन्नुभयो, प्रधानमन्त्रीको शक्ति लिखित रुपमा लिइने भन्दै वरिष्ठ अधिवक्ता कार्कीले भने, ‘राष्ट्रपतिले भन्नुपर्थ्यो, यू आर नो मोर प्राइममिनिस्टर ।’
उहाँले बहुमत पुगेन भने प्रधानमन्त्रीको हैसियत केहो भन्दै प्रश्न गर्दै भन्नुभयो, ‘प्रधानमन्त्रीको काम कारवाही समाधान गर्ने भन्दापनि अवरोध खडा गर्ने भयो । नैतिकता भएन । प्रधानमन्त्रीको पद खेलाँचीको पद हो ?’ ‘नैतिकताको आधारमा राजीनामा पनि दिनु नपर्ने ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया