भारतमा कोभिड १९ बाट सङ्क्रमित हुनेको कुल संख्या तीन करोड नाघ्यो
९ असार २०७८, बुधबार ११:१७
काठमाडौं । भारतमा कोभिड १९ बाट सङ्क्रमित हुनेको कुल संख्या तीन करोड नाघेको छ । गएको चौबीस घण्टामा ५० हजार ८४८ सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ५० हजार ८४८ सङ्क्रमित थपिदा भारतमा कुल सङ्क्रमित तीन करोड २८ हजार ७०९ पुगेको छ । गएको चौबीस घण्टामा ६८ हजार ८१७ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म भारतमा दुई करोड ८९ लाख ९४ हजार ८५५ जना कोरोनामुक्त भएका हुन ।
समाचार संस्था एएनआईले भारतमा हाल छ लाख ४३ हजार १९४ जनामा सक्रिय सङ्क्रमित रहेको जनाएको छ । गएको चौबीस घण्टामा एक हजार ३५८ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट भारतमा तीन लाख ९० हजार ६६० जनाको मृत्यु भएको छ । गोरखापत्र अनलाइन बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया