अदालतको फैसलाले ओली सरकार र पार्टी लापरवाह चलाएको पुष्टि भयो : भुसाल – Nagarikabhiyan : National News

अदालतको फैसलाले ओली सरकार र पार्टी लापरवाह चलाएको पुष्टि भयो : भुसाल

काठमाडौं  । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी दुवै निकै लापरवाहीरुपमा सञ्चालन गरिरहेका छन् भन्ने कुरा अदालतका फैसलाहरुबाट प्रमाणित भएको बताएका छन्।

अदालतका पछिल्ला फैसलाहरुले ओलीले पार्टी र सरकार सञ्चालनमा कति लापरवाही गरिरहेका छन् भन्ने पुष्टि भएको छन् ।

‘एउटा नेताका लागि यो आदेश राजनीतिक रुपमा ठूलो पराजय हो,’ भूसालले भने, ‘अध्यक्ष तथा प्रधानमन्त्री ओलीले देश तथा पार्टी कति लापरवाहीरुपमा सञ्चालन गर्नुभएको छ भन्ने प्रमाणित भएको छ।’

प्रतिनिधि सभा विघटनपछि कामचलाउ भइसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि सो कदमलाई असंवैधानिक भन्दै अदालतमा रिट दायर भएको थियो । मंगलबार सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पछि थपिएका २० मन्त्री पदमुक्त हुने अन्तरिम आदेश दिएको हो । भुसाल पार्टीभित्रको विवाद समाधानमा सक्रिय रहँदै आएका नेता हुन् ।