छात्रालाई साईकल सहयोग
८ असार २०७८, मंगलवार १९:४५
राजविराज । कोभिड १९ को दोश्रो लहरबाट अतिप्रभावित रहेका सप्तरीको दक्षिणी भेगका छात्राहरुलाई यहाा साईकलसहित शैक्षिक सामग्री प्रदान गरिएको छ ।
सप्तरीको राजविराजमा सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले जिल्लाको छिन्नमस्ता गाउापालिका र तिलाडी कोइलाडी गाउापालिकामा रहेका आधारभुत तहका छात्राहरुलाई कोरोनाको संक्रमण पछि खुल्ने बिद्यालयमा पठनपाठन गर्नमा सहयोग गर्ने उदेश्यले शैक्षिक सामग्री प्रदान गरिएको सेभ द सप्तरीका लैङगिक समानता प्रयोजनाका संयोजक संतोष कुमार यादवले जानकारी दिनुभयो ।

उहााका अनुसार जिल्लाको छिन्नमस्ता गाउापालिको ललापटी र तिलाठी कोइलाडी गाउापालिका लोनीयााका आधारभुत तहका छात्रालाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो । बिद्यालय जना र बिद्यार्थीहरुलाई पठनपाठन हुने उदेश्यले करिब २० जना छात्राहरुलाई एक/एक वटा साइकल, झोला , कापी ,डटपेन ,दवाल घडी, लगायतका अन्य समानहरु सेभ द सप्तरीका अध्यक्ष ध्रुब प्रसाद देवले प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुव प्रसाद देव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, लैङगिक समानता प्रयोजनाका संयोजक संतोष कुमार यादवसमुदायिक परिचाल प्रमानन्द राम ,मिठु झा ,शिबु मंडल लगायतका सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया