सुनसरीका आईसोलेसन केन्द्र खाली हुदै
८ असार २०७८, मंगलवार १९:४४
सुनसरीको चार वटा कोभिड अस्पताल तथा आईसोलेसन केन्द्र खाली भएको छ । जिल्लाको गढी गाउँपालिकाको गढी आईसोलेसन केन्द्र, हरिनगर कोभिड अस्पताल, बर्जु कोभीड १९ अस्पतालमा समेत कोरोना संक्रमित सबै डिस्चार्ज भएकाले खाली भएको छ । जिल्लामा कोरोनाको संक्रमण दर घटेसगैं सुनसरीका आईसोलेसन केन्द्र खाली हुदै गएको हो । सुनसरीमा कोरोना संक्रमितहरुको अवस्था, आईसोलेसन केन्द्र र कोभिड अस्पतालको अनुगमन गर्ने क्रममा चार स्थानमा संक्रमित खाली भएको पाइएको हो । कोघिड १९ को बारेमा जिल्ला स्तरीय कोभिड १९ र्यापिड रेस्पोन्स टिमले अनुगमन गर्ने क्रममा सम्बन्धीत पालिकाको स्वास्थ्य शाखा र केन्द्रहरुले मंगलबार खाली भएको जनाएको छ । टिमले एकसत्तादेखी फिल्डमै गएर अनुगमन गर्ने क्रममा रहेको बेला मंगलबार गढी, इनरुवा, हरीनगर, देवानगञ्ज र वर्जुसम्मको अनुगमन गर्दा आईसोलेसन केन्द्र खाली भएको पाइएको हो । टिमका जिल्ला संयोजक मेघराज न्यौपाने नेतृत्वमा जिल्ला सदस्यहरुले गढी गाउँपालिका सहित सदरमुकाम इनरुवा, हरिनगर, देवानगञ्ज र बर्जु गाउँपालिकाका आईसोलेसन केन्द्रहरुमा पुगेर अवस्थाको बारेमा जानकारी लिएको हो । सरोकारबालासंग छलफल र अनुगमनका क्रममा गढीमा ४० बेडको आईसोलेसन रहेकोमा एकै जना नबसेको सबै डिस्चार्ज गरिएको छ । उता हरिनगरको बीजि अस्पतालमा ५० बेडको आईसोलेसन रहेकोमा सोमबार नै खाली भएको छ । वर्जुमा पाँच बेडको आईसोलेसन तथा कोभिड अस्पताल रहेकोमा त्यहाँ पनि संक्रमित नबसेको सूचना टिमलाई स्वास्थ्य शाखाले दिएको छ । जिल्ला स्तरीय टिमका संयोजक न्यौपाने र इन्सेक जिल्ला प्रतिनिधि तथा टिमका फोकल व्यक्ति जयकृष्ण यादव, सदस्य नईम अंसारी, रफुल अंसारी र सरिता कार्की घिमिरे सहितकाले कोभिडमा प्रभावित भएका संक्रमित, संक्रमित परिवार र संक्रमणबाट निधन भएका परिवार तथा आईसोलेसनबाट निको भएर बाहिर निस्केकाहरुसंग भेटेर अवस्थाको बारेमा जानकारी लिएको छ । टिमले राहत तथा प्रतिकार्य सम्बन्धि अभिलेखिकरण तथा प्रतिवेदनका लागि अनुगमन गरिएको र अनुगमनका क्रममा पहिलो पटक धेरै गुनासो रहेकोमा हाल गरिएकोमा संक्रमित निको भएकाले कुनै खास गुनासो नरहेको पाइएको छ ।
संक्रमित निको भएपनि बन्दाबन्दी र निषेधाज्ञाले असर परेका वा प्रभावित भएकाहरुलाई प्रभावकारी सेवा दिनुपर्ने र रोजीरोटी गुमेका विपन्न परिवारमा खाध्यान संकटको अवस्था आएको देखिएकाले त्यसमा ध्यान दिनुपर्ने आवश्यक रहेको टिमले जनाएको छ । टिमले सम्बन्धीत निकायलाई अवस्थाको बारेमा जानकारी दिई सुझाव दिएको र त्यसमा कार्यान्वयन गर्ने निकाय पालिकालाई ध्यान दिन आग्रह गरेको छ ।
यसअघि टिमले भोक्राहा नरसिंह, कोशी, बराहक्षेत्र, रामधुनीका संक्रमित र बराहक्षेत्रका पीडितहरुको कुरा प्रत्यक्ष रुपमा संकलन गरेको र सो विषयमा अनुगमन गर्ने साथीहरु सहित उत्तरदाताहरुले सकारात्मक रुपमा लिएको संयोजक न्यौपानेले बताउनुभयो । सरकारको पूर्व तयारी र स्थानीय तहहरुको पहल र प्रयासले संक्रमितहरुमा त्यती धेरै गुनासो नरहेको पाइएको अर्का सहभागि तथा अनुगमनकर्ता रफुल अंसारीले बताउनुभयो ।

देवानगञ्ज स्वास्थ्य चौकीका सरोकारबालाहरुसंग टिमले छलफल र कुराकानी गर्दै

विद्यालय बन्द भएपछि घास काटेर दिन विताउदै बालबालिकासंग टिमको कुराकानी

देवानगञ्ज स्वास्थ्य चौकीका सरोकारबालाहरुसंग टिमले छलफल र कुराकानी गर्दै
बर्जुका प्रमुख प्रशासकिय अधिकृत उमेश घिमिरे र स्वास्थ्य शाखा प्रमुख रामबाबु श्रेष्ठसंग कुराकानी गर्दै


फेसबुकबाट तपाईको प्रतिक्रिया