महिलाहरुलाई पोषण खाध्य सामग्री बितरण – Nagarikabhiyan : National News

महिलाहरुलाई पोषण खाध्य सामग्री बितरण

सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका–१ लैकहीका सुत्केरी महिलाहरुलाई पोषण खाध्य सामग्री बितरण गरिएको छ । कोशी गाउँपालिका स्वास्थ्य शाखाले १ नम्बर वडाको लौकहीको दलित तथा विपन्न परिवारलाई पोषण तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । सोमबार कोशी गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजकुमार शाहको उपस्थितीमा लौकही स्वास्थ्य चौकीमा प्रसुति गराएका विभिन्न परिवारका महिलाहरुलाई सुनौलो हजार दिनको कार्यक्रम अन्तरगत पोषण खाध्य सामग्री बितरण गरिएको हो । स्वास्थ्य शाखा प्रमुख मो. जमिल अख्खतरका अनुसार बिपन्न÷दलित महिलाहरुलाई पोषण खाध्य सामग्री बितरण गरिएको हो । सोमबार विहान ३० प्याकेट पोषण खाध्य तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
१, सुनसरीको कोशी गाउँपालिका स्वास्थ्य शाखाले कोशी १ नम्बर वडाको लौकहीको दलित तथा विपन्न परिवारलाई पोषण तथा स्वास्थ्य सामग्री वितरण गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा