निषेधाज्ञा असार १४ गतेसम्म थपियो
७ असार २०७८, सोमबार १५:४७
सुनसरीमा जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जारी गरेको आदेशमा निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेकका सबै प्रकारका सवारी साधन बन्द रहने भनिएको छ । यो अवधीमा विगतको भन्दा केही खुकुलो भने गरिएको छ । बजार पसल विहान ५ वजेदेखी मध्यान १२ बजेसम्म खोल्न पाउने भएको छ । त्यस बाहेक बन्द गर्नुपर्ने भनिएको छ । अत्यावश्यक सेवाका पसल दैनिक बिहान ५ बजेदेखि दिनको १२ बजेसम्म खोल्न पाइने तर भिडभाड नहुने गरी र स्वास्थ्य मापदण्ड पुरा गरी संचालन गर्नुपर्नेछ । सरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, गैरसरकारी संघसंस्थाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आवश्यक सेवा सञ्चालन गर्न पाइनेछ ।
सभा सम्मेलन, गोष्ठी एवंम् भीडभाड हुने स्थान खोल्न भने पाइने छैन । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर बढीमा १० जनाको सहभागितामा विवाह ब्रतबन्ध जस्ता साँस्कृतिक कार्य भने गर्न पाइने आदेशमा उल्लेख छ । अन्य सवालहरुमा भने विगतको जस्तै सबै कार्यान्वयन हुने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया