प्रदेश २ मा बेटी पढाउ बेटी बचाउ अभियान नाङ्गो अवस्थामा
६ असार २०७८, आईतवार २१:११
जनकपुर । प्रदेश न.२ को मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ बेटी बचाउ अभियान चलाउनु भएको छ । तर साइकलमा लापरबाही भएको त्यही प्रदेश-२ को मन्त्री परिषद कार्यालयमा हेरिएको हो ।

मन्त्री कार्यालय भित्र एउटा टिपरमा धेरै साइकल लोड गरिएको देखिन्छन् । ती सवार गाडीमा साइकल कबार जस्तै तितोरमितोर भएको अवस्थामा हेरिएको छ । विगत केही महिना उता धेरै सामुदायिक स्कुलमा अभियानको लागि नाम कमाउन साइकल वितरण भएको थियो । तर धेरै साइकलमा तितोरमितोर भएको देखियो । त्यति बेला विद्यार्थीलाई साइकल पाउने थियोे भनेर आवाज समेत उठाएका थिएन ।

हाल आजको घटनाले प्रष्ट पारेको छ । बोरामा कुनै सामग्री घोचिएर राखे झै टिपरमा समेत साइकललाई राखेको हो । टिपरमा लोड भएका धेरै साइकल टुटेफुटेका छन । साइकलको अवस्था कबार भन्दा कुनै कमि नगरेको र सम्बन्धित अभियान चलाउनेलाई मत्लब नरहेको देखिन्छ । जनताको करले निकालेको पैसा हो भने जेपनि गर्दा राम्रो होइन । सम्बन्धित अभियान चलाउने मुख्यमन्त्री र उनका अभियानी समक्ष ध्यानाकर्षण हुन आवश्यक रहेकोे छ ।

नाम कमाउन मात्र होइन नाम टिकाउनमा पनि ध्यान राखेर वितरणका सामग्री सुरक्षीत हुन त्यतिकै जरुरी छ । उपलब्ध गराएको ती साइकल चलाउने विद्यार्थी सबैले आ-आफ्नो साइकल मर्मत गराएर नै चलाएको देखिन्छन् । के यस्तो अभियान पैसा कमाउनको लागि नै गरेको भन्ने प्रश्न जनताले खोजेको हो । समाजिक रुपान्तरणको लागि सहयोग मिल्ने उद्देश्यले ल्याएको बेटी पढाउ बेटी बचाउ अभियान नामका लागि भएको देखिन्छन् । छोरीहरुलाई शिक्षित सब्बल बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडी बढाएको विभिन्न कार्यक्रममा मुख्यमन्त्री राउतले भन्दै आउनुभएको छ । तर अभियान नाङ्गो नै रहेकोे देखियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया