मानवअधिकारमैत्री बजेट ल्याउने प्रतिवद्धता
६ असार २०७८, आईतवार १९:०७
सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आर्थिक वर्ष २०७८÷०७९ को बजेट, नीति तथा कार्यक्रममा मानव अधिकारमैत्री बजेट ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरद्वारा गठन गरिएको मानव अधिकार समूहका संयोजनमा असार ६ गते आयोजना गरिएको स्थानीय सरकार र सरोकारवालासंग शिक्षा, स्वास्थ्य, खाध्य र आबासका सवालमा अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष अंसारीले सो प्रतिवद्धता जनाउनुभएको हो । अध्यक्ष अंसारीले मानव अधिकार समूहले कोशीको विकास र सुशासनको पक्षमा योगदान गरेको समेत बताउनुभयो ।
वहाँले समूहले गाउँपालिकालाई राम्रो कामको प्रसंसा र सुधार गर्नुपर्ने कामका बारेमा सझुाव समेत दिदै आएको बताउनुभयो । मानव अधिकार समूह कोशी गाउँपालिकाका सदस्य मुस्ताक आलमको अध्यक्षतामा भएको कार्यक्रममा अंसारीले शिक्षा, स्वास्थ्य, खाध्य सहित आबासमा २९२ जनालाई सहयोग गर्ने गरी मानव अधिकारमैत्री बजेट ल्याउने बताउनभुयो । वहाँले आगामी आर्थिक वर्ष २०७८÷०७९ मा आफ्नो बजेट, नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धी कार्यक्रमलाई समावेश गर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले इन्सेक र मानव अधिकार समू्हले गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल तथा अधिकार सम्बन्धी कार्यक्रम गरेर योगदान गरेको बताउनुभयो । वहाँले समूहको कार्यक्रम र सहकार्यले गाउँपालिकालाई आगामी बजेट, नीति तथा कार्यक्रममा समेत मानव अधिकारमैत्री नीति र बजेट समावेश गर्न ध्यान दिने बताउनुभयोे ।

वहाँले स्वास्थ्य सम्बन्धी कार्यक्रम अन्तरगत स्थानीय स्वास्थ्य चौकीमा सरकारद्वारा निःशुल्क वितरण गरिने सम्पूर्ण औषधिहरू निरन्तर उपलब्ध गराएको, हरिपुर र लौकही स्वास्थ्य चौकीमा प्रसुति गृह संचालन भएकोमा थप वडामा पनि संचालनको तयारीमा जुटेको बताउनुभयो ।
यादवले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि ८ वटै वडामा कोभिड महामारीका बीचमा पनि सङ्क्रमितहरूको उपचार र सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि उचित व्यवस्था सहित स्वास्थ्य सेवा दिएको बताउनुभयो ।
सहभागी मानव अधिकार समूहकी चन्द्रकला नेपालले गाउँको शिक्षा सम्बन्धी सवाल र अधिकारमा नागरिकलाई आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क भनिएकाले त्यसमा ध्यान दिनुपर्ने तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरिनुे भनिएकोमा कार्यान्वयन गर्नुपर्ने, सरकारको नीति बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकको सुनिश्चितता गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यसैगरी समूहका सदस्य मुस्ताक आलमले गाउँमा आफ्नो मातृभाषामा शिक्षा पाउने हकलाई सुनिश्चितता गर्नुपर्ने, स्वास्थ्य चौकीमा पनि स्यानटरी प्याडको निशुल्क व्यवस्था गर्नुपर्ने, छात्राहरूको नियमित मदर्शामा पनि विद्यालय झै उपस्थितीको सुनिश्चितताका लागि सेनेटरी प्याडको निःशुल्क व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा कोशी गापा ४ का वडा अध्यक्ष अमिन मियाँले मानव अधिकार सचेतना गाउँगाउँ टोलटोलमा फैलाउनुपर्ने बताउनुभयो । वहाँले खाद्य सबालमा नागरिकलाई खाद्य वस्तुको अभाव हुन नदिन उत्पादनमा वृद्धि किसानहरूका लागि अनुदानमा बिउ विजन तथा मलको उपलब्धताको सुनिश्चितता गर्नुपर्ने, स्थानीय तहमा कृषि उत्पादनलाई बृद्धि गरी आत्मनिर्भर बनाउन आवश्यक नीति निर्माण गर्नुपर्ने बताउनुयभो ।
त्यस्तै वडा नम्बर ५ का वडा अध्यक्ष साह जमालले कोशी कटान प्रभावितहरुलाई आवासविहिन तथा भूमिहिनहरूका लागि आवासको व्यवस्था तथा वितरण गरिएको जग्गाको धनीपुर्जा उपलब्धताको सुनिश्चितता गर्न पहल आवश्कय रहेको बताउनुभयो । मानव अधिकारका विषयलाई सक्दो समेट्ने प्रयास गरिने प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले बताउनुभयो । उहाँले नागरिकका अधिकारलाई सुनिश्चित गराउन गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा कोशी अध्यक्ष ःऐयुव अंसारी, उपाध्याक्ष ःअनितादेवी यादव, प्रमुख प्रशासकिय अधिकृत ःखगेन्द्र गिरी, कोशी गापा १ नम्बर अध्यक्ष राजकुमार साह, २ नम्बर वडा अध्यक्ष द्रोपती साह, ४ नम्बर वडा अध्यक्ष अमिन मियाँ, ५ नम्बर वडा अध्यक्ष साह जमाल, ७ नं. वडा अध्यक्ष रामचन्द्र महतो र प्रधानाध्यापक हरिकृष्ण राउत सहित ३८ बढी सरोकारबालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको औचित्य र आवश्कयता सहित स्वागत मन्त्वय इन्सेककी बागमती कटेलले राख्नुभएको थियो ।
इन्सेकका प्रदेश १ प्रलेख अधिकृत पुण्य अधिकारीले मानव अधिकारको अवस्थामा कुरा राखदै कोशी गाउँपालिकामा संचलान भईरहेको शिक्षा स्वास्थ्य खाध्य अधिकारको सवाल र प्रगतिको बारेमा बोल्नुभयो । अधिकारीले देशका ३५ जिल्लाको ७० पालिकामा शिक्षा, स्वास्थ्य, खाध्य र आबास अधिकार सम्बन्धी परियोजना संचालनमा रहेको जानकारी गराउनुभयो । कार्यक्रमको संचालन तथा सहजीकरण इन्सेकका सहजकर्ता जयकृष्ण यादवले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया