मुस्ताङको भिडिओ ट्विट गर्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले भने ‘उनीहरू हिरो हुन्’
५ असार २०७८, शनिबार २०:२२
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रसंसा गरेका छन् ।
महानिर्देशक डा. गेहब्रेयसले स्थानीय छापताङ खोलामा आएको बाढीका कारण स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका हुन्।
असार १ गते ६० बर्षमाथिका जेष्ठ नागरिकलाई कोरोना खोपको दोस्रो डोज लाउने तालिका अनुसार खोप लैजाने क्रममा खोलामा आएको बाढीले खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तारेका थिए ।
सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन्। तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ।
उनीहरुले खोप पाएको छैनन्, के यो जायज छ? भन्ने प्रश्न गर्दै उनले उनीहरुलाई खोप तत्काल लगाउनु पर्ने जिकिर गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया