लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह – Nagarikabhiyan : National News

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाण्डाैँ। लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै गएको छ। बाढीको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास बस्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सम्भावित क्षतिलाई मध्यनजर गरी उद्धार टोली तयारी अवस्थामा राखिएको बताउए। उनका अनुसार खनियाँ खोलामा बाँध मर्मत सम्भार गरिएको छ। यसले गर्दा जोखिम केही कम भएको छ। यस्तै लगातारको वर्षाका कारण भीमदत्त नगरपालिका १२ मा रहेको ऐरी घाटको बस्ती डुबानमा पर्न थालेको छ।

अहिले पनि पानी परिरहेकाले बाढी र डुबानको सम्भावना बढेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।