कर्णालीका ३ जना मन्त्रीलाई राजीनामा दिन निर्देशन
४ असार २०७८, शुक्रबार १६:१०
सुर्खेत । नेकपा एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारमा सहभागि भएका तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले मन्त्री अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिनुभयो ।
एमाले संसदीय दलले नेता प्रकाश ज्वालासहित तीन जना मन्त्री खारेज भएकालाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि उक्त दलको बैठकले मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएको हो।
गत वैशाख ३ गते एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । जसमध्ये तीन जनाले मन्त्री पद पाएका थिए ।
पछि पार्टीले कारवाही गरेर उनीहरुको सांसद पद गुमेको थियो । तर केही दिन अघि अदालतको फैसलाले उनीहरुको पद जोगाइदिएको थियो ।
ज्योतिन्यूज

फेसबुकबाट तपाईको प्रतिक्रिया